भरतपुरको मेयरमा पुन: रेणु दाहाल निर्वाचित

प्रकाशित मिति:

चिवतन, जेठ १० – चिवतनको भरतपुर महानगरपालिकाको मेयरमा रणु दाहाल पुन: निर्वाचित भएकी छन्। गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणुले १२ हजार बढी मतान्तरले जित निकाल्दै पुन: मेयरमा निर्वाचित भइन्। अघिल्लो पटक नेकपा एमालेका देवी ज्ञावालीमाथि २०३ मतको झिनो अन्तरले जित निकालेकी रेणुले यो पटक एमालेकै विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गरिन्

रेणुले ५० हजार ५२ हजार ३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरे । यस्तै, बागी उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७ सय २८ मत प्राप्त गरे। यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् ।