बुटवल,१२ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाँणले ८३२ मतले अग्रता लिएका छन् । ६० हजार ३६७ मत गणना हुँदा गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खाँणले २२ हजार ७९८ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले २१ हजार ९६६ मतका साथ पछ्याई रहेका छन् ।
यसअघि सार्वजनिक मत परिणाममा ८०७ मतले अग्रता लिएका खाँणको मतान्तर बढेर ८३२ पुगेको हो । मेयर पदमा नेपाली कांग्रेसका खाँणले अग्रता लिदा उपप्रमुख पदमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरीले दोब्बर मतले अगाडि छिन् । चौधरीको २१ हजार ५१९ मत आउँदा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा हेमन्तले १० हजार ७३९ मत पाएका छन् । तिलोत्तमा नगरपालिकामा तेस्रो शक्तिको रूपमा रहेको राष्ट्रिय जनमुक्ति पार्टी तेस्रो स्थानमा कायम रहेको छ ।












