प्रकाश न्यौपाने
जेष्ठ १२ गते
नवलपरासी । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा सांसद हृदेयश त्रिपाठीले स्थानीय तहको निर्वाचनबाट दलीय व्यवस्था हटाउनुपर्ने बताउनु भयो ।
हालै भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ, धरानलगायतका निर्वाचन क्षेत्रको उदाहरण दिँदै उहाले सुशासन बढाउनका लागि पनि यो आवश्यक भएको बताउनु भयो । उहाका अनुसार-” देशलाई भष्ट्चार मुक्त बनाउनकक लागि दलिय व्यवस्था बाधक भएको बताउदै उहाले दलिय व्यवस्थाका कारण स्थानीय तहमा भष्टचारले थप प्रसय पाएको बताउनु भयो । देशलाई सुशासनको बाटोमा डोर्याउन पनि स्थानीय तहमा निर्दलिय बनाउनु पर्ने बताउनु भयो ।
स्थानीय तह निर्वाचनमा दलविहीन भयो भने जनताले सही व्यक्तिलाई मत हाल्न पाउने जानकारी दिनु भयो ।












