रेडियो सैनामैनाद्धारा जनप्रतिनिधीलाई बधाई तथा सम्मान

प्रकाशित मिति:

सुरेश परियार,जेठ १३ गते,-क्वेष्ठ फर केयर एण्ड सर्पोटद्धारा संञ्चालित रेडियो सैनामैना ९१ मेगाहर्जको आयोजनामाआज बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । रेडियो सैनामैनाका उपाध्यक्ष गोपाल पोख्रेल,सल्लाहकार नर बहादुर घर्ति मगर र सेयर सदस्य राम प्रसाद अधिकारी हालै सम्पन्न स्थानीय तहको चुनावमा निर्वाचित भएकाले बधाइ तथा सम्मान गरिएको रेडियो सैनामैनाका लेखा समिति संयोजक रुमाखर गौतमले जानकारी दिए ।

सोही अवसरमा बोल्दै नवनिर्वाचित सैनामैना वडा न।६का वडा अध्यक्ष गोपाल पोख्रेल,सैनामैना वडा न।४का वडाअध्यक्ष रा प्रसाद अधिकारी,सैनामैना वडा न।६का वडासदस्य नर बहादुर घर्ति मगरले सवैको अथक प्रयासले आफु जनप्रतिनिधीको रुपमा चुनिएको बताए । रेडियो सैनामैनाले समाजमा सहि सुचना प्रवाह गर्दै विकास समेत टेवा दिएको उनीहरुले बताएका छन् । उनीहरुले रेडियोको विकासका लागी वडा कार्यालय देखि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा रेडियो सैनामैनाका संस्थापक अध्यक्ष लाल प्रसाद पंगेनीले समुन्नत समाज निर्माण गर्न यस रेडियोले अतुलनीय भुमिका खेलेको बताएका छन् । निर्वाचित जनप्रतिनिधीले सवैको साझा रेडियो भएकाले रेडियोका लागी जग्गा ब्यवस्थापन संगै भवन निर्माणमा समेत पहल रहने विश्वास ब्यक्त गरे ।लामो समय देखि रेडियो सैनामैनाले लोकतन्त्र,मानव अधिकार र शान्तिका लागी बुलन्द आवाज दिदैँ आएको रेडियो सैनामैनाका अध्यक्ष तिलब के।सीले बताएका छन् । साझा रेडियो भएकाले यसलाई जिवन्त राख्न सवैको सदासहता हुन आवश्यक रहेको कुरा अध्यक्ष तिलब के।सीले औँल्याए । कार्यक्रममा रेडियो सैनामैनाका निवर्तमान अध्यक्ष कृष्ण पोख्रेल,सलाहकार रण बहादुर खनाल,कार्यसमितिका कोषाध्यक्ष ऋषिराम पाण्डे,सदस्यहरु शुशिला पन्थ शर्मा,विजय शर्मा,लेखा समिति संयोजक रुमाखर गौतम,रेडियो सैनामैनाका स्टेशन म्यानेजर सुरेश परियार लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रम सञ्चालन रेडियोका सचिब मदन थापाले गरेका थिए ।