बिष्णु खत्रीको परान बाकी छ गीतले पायो छोटो समयमा १० लाख भन्दा बढी दर्शक

प्रकाशित मिति:

सुदिप गौतम। बुटवल -लोकप्रिय श्रजक लोक गायक बिष्णु खत्रीको लय शब्दमा पछिल्लो समयका व्यस्त बाल कलाकार सुप्रिम मल्ल र पुजा देवकोटाको आवाजमा सजिएको परान बाकि छ गीतले एकाएक चर्चा पाएको छ । प्राय नेपालका सबै जिल्लाको नामलाई समेटेर गीतको शब्द तयार पारिएको छ । यो गित बजारमा आएको छोटो समयमानै १० लाख भन्दा बढी पटक हेरिएको छ । हामीले यो समाचार तयार पार्दा सम्म १० लाख ४६ हजार ९ सय दर्शकले युट्युबमा यो गीतलाई हेरेका छन ।

पुजा र सुप्रिमको आवाज दर्शकले निकै रुचाएका छन। गीतको शब्द पनि निकै आकर्षक र मिठो बनेको दर्शकबाट प्रतिक्रिया आएको छ । गीतको लय शब्द बिष्णु खत्रीले बनाएका हुन्। गीतको सफलता देखेर गायक खत्री पनि निकै खुशी देखिएका छन । उनि लेख्छन “हजुरहरुकाे अपार मायाले आज गीत ट्रेन्डिङ नम्बर १ मा आएकाे छ।यस गीतमा संलग्न सबैकाे उत्तिकै मेहनतले समग्रमा गीतकाे सबै पक्ष राम्रो बनेकाे हाे।हिजाे क्यासेटकाे जमाना देखि सिआरबिटी,पिआरबिटी हुँदै युटुबकाे प्लेटफर्म सम्म आईपुग्दा सम्म समय सँगै प्रबिधिले फडकाे मार्याे।अझै परिवर्तन निरन्तर जारी रहनेछ।याे समय युटुबकाे हाे र श्रष्टा सर्जकले आफ्नाे गीतलाई युटुब ट्रेन्डिङकाे शिर्ष स्थानमा पाउनु सुखद पक्ष हाे।याे हजुरहरुकाे शेयर,लाईक,कमेन्ट,समाचार,टिकटककाे माध्यमबाट दिएकाे अथाह मायाले नै याे सम्भव भएकाे हाे।यस गीतमा समावेश सम्पूर्ण हाम्रो युनिटकाे तर्फबाट हजुरहरुलाई बिशेष बिशेष धन्यवाद दिन चाहन्छाै।हजुरहरुकाे मायाले हामीलाई थप उर्जा र हाैसला प्रदान गरेकाे छ।आगामी दिनहरुमा अझै मिहेनतका साथ नयाँ नयाँ काेशेली लिएर आउनेछाैं।यस गीतमा थप मायाकाे अपेक्षा राख्दछाैं।धन्यवाद

यो गित अहिले युट्युबको शिर्ष २ स्थानमा छ । गीतको सफलताको कामना