गणतन्त्र दिवसको अवसरामा ८३४ कैदीको सजाय मिनाहा

प्रकाशित मिति:

काठमाडौं– यस वर्ष गणतन्त्र दिवसको अवसरमा ८३४ जना कैदीहरुले कैद सजायमा छुट पाउने भएका छन्।विभिन्न कसुरमा दोषी ठहर भइ कैद सजाय भुक्ता भएका ८३४ जनालाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय माफी दिन लागेकी हुन्।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन  ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर  कैदकट्टा नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा सरकारले विभिन्न अवसरमा कैदीहरुको कैद मिनाहाका लागि सिफारिस गर्ने गर्छ।तोकिएको कैद सजाय भुक्तान गरेका तथा असल चालचलन भएका कैदीहरुको कैद छुट हुन लागेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

यसपटक खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना, नरबहादुर साँवासमेतका ५४७ जना गरी ८१८ जनाको बाँकी कैद सजाय माफी मिनाहा गर्न भन्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। यस्तै, शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उमाकान्त पराजुलीसमेतका १६ जनाको कैद सजाय मिनाहा गर्न सिफारिस गरेको थियो मन्त्रिपरिषद्‌को सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा उनीहरुको कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।