ओलीलाई ब्यांग्य गर्दै गगन थापाले भने- कुण्ठामा टिप्पणी गर्न सकिँदैन, सहानुभूति मात्र दिन सकिन्छ
काठमाडौं, जेठ १४ – प्रतिपक्षी दल एमालेका नेता केपी ओलीप्रति व्यंग्य गर्दै नेपाली कांग्रेसका सांसद् गगन थापाले ओलीले संसदमा कुण्ठा पोखेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद थापाले विरामी छु भनेर रोस्टमा कुर्सीमा बसेर सम्बोधन गर्ने र स्वस्थ अवस्थाजस्तो तीन घण्टा बोल्नु ओलीको कुण्ठामात्रै भएको थापाले आरोप लगाए।
‘नीति तथा कार्यक्रमको छलफलमा शनिबार संसदमा बोल्दै थापाले भने, ‘छलफलमा प्रारम्भमै घण्टौं एउटा लामो गन्थन प्रस्तुत भइसकेपछि मलाई केही साथीहरुले गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ भन्नुभयो। मैले भनेँ, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमतिरअसहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन।’ सांसद थापाले कुण्ठामा केवल सहानुभूति मात्र राख्न सकिने बताए । ‘यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ। अहिले हामीले सुनिदिनुपर्छ,’ उनले भने ।
कहाँ बोल्ने रु कहिले बोल्ने रु भन्ने विषयमा स्वमं बोल्नेले हेक्का राख्नुपर्न विषय भएको थापाले बताए । थापाले निर्वाचन हुँदैन हुँदैन भनिँदा सानदार ढंगले एकैपटक सम्पन्न गरेकोमा निर्वाचन आयोग र सरकारलाई धन्यवाद दिए। नीति कार्यक्रममा सरकारले स्थानीय सरकारलाई सहयोग गर्छौं भनेको उल्लेख गर्दै थापाले विस्तृतिकरण प्रतिवेदनको पुनरावलोकन र परिचालन गर्ने कुरामा, संविधानको अनुसूचीमा उल्लेखित अधिकारहरुका सम्बन्धमा विगतमा नबनाइएका कानुनहरु, मापदण्डहरु बनाउन सहयोग गर्नुपर्ने सुझाए।












