सुदिप गौतम /बुटवल – मार्मिक लोक दोहोरी गीत “लाहुर जाने बेला भो सानी ” डिजिटल बजारमा आएको छ। स्वाभिमान क्रियसन प्रा लि मार्फत उक्त गीत सार्बजनिक भएको हो।
गीतमा निरज कौशल र शिला गुरुङको स्वर रहेको छ । गीतको शब्द श्रीकृष्ण अर्यालले लेखेका हुन् भने संगीत नन्दु परियारले गरेका हुन्। एरेन्ज भने अहिलेका व्यस्त एरेन्जर महेन्द्र भण्डारीले गरेका हुन् । घर छोडेर परदेश जान लाग्दा श्रीमान श्रीमतीको बिछोडको पिडामा आधारित रहेको छ । गीतको छायांकन चर्चित क्यामेरामेन करन चैसारले गरेका हुन्। गीतमा मोडल राजु महोत्रा र कामना न्यौपानेले अभिनय गरेका छन। सम्पादन भने बिकाश ज्ञवाली र इश्वर बाबुले गरेका छन
भिडियोको कथा एबम निर्देशन पनि मोडल राजु महोत्राले गरेका छन । मोडल राजु बिगत लामो समयदेखि बुटवलमा रहेर गीत संगीतमा निरन्तर सक्रिय भएर लागिरहेका छन गीतको सफलताको कामना












