तनहुँमा ८५ वटा वडा मध्ये ४ वटा वडाअध्यक्षा स्वतन्त्र उम्मेदवार निर्वाचित

प्रकाशित मिति:

तनहुँको ८५ वटा वडा मध्ये ४ वटा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।स्थानिय तहको निर्वाचनमा हालसम्म ७७ जिल्लामा ३८५ जना स्वतन्त्र उमेदवार निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उमेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उमेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन्।
तनहुँको भानु नगरपालिका वडा न।१३ का पार्टीको १४ औँ अधिवेशनबाट वडा सभापति भएका कृण्णबहादुर अधिकारी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उठेका थिए। भुँईकटर चुनाव चिन्ह लिएर उठेका अधिकारी कांग्रेसका उम्मेदवारलाई ४२ मतको अन्तरले विजयी हात पारेका थिए।

त्यस्तै भानु नगरपालिकाकै वडा न।११ मा बिमल जोशीले पनि कांग्रेसका उम्मेदवारलाई पछाडि पार्दै विजयी हुन सफल भएका हुन्।जोशी कैची चुनाव हिन्हबाट निर्वाचित भएका हुन्। ऋषिङ गाउपालिका वडा न।७ मा स्वतन्त्र उम्मेदवार दुर्गाबहादुर थापा र ऋषिङ ८ मा पनि स्वतन्त्र उम्मेदवार भरतकृण्ण श्रेष्ठ निर्वाचित भएका छन्।थापा र श्रेष्ठ दुवै पुतली चुनाव चिन्हबाट निर्वाचित भएका हुन्।तनहुँमा ४ नगरपालिका ६ गाँउपालिका र ८५ वटा वडा छ।