नमस्ते नेपालको ११ औं स्थापना दिवसको उपलक्ष्यमा लुम्बिनीमा दिप प्रज्वलन

प्रकाशित मिति:

नमस्ते नेपाल, रुपन्देहीले आफ्नो ११ औँ स्थापना दिवस शान्तिका दुत गौतम बुद्दको जन्मभूमि लुम्बिनीमा दिप प्रज्वलन गरेर मनाएको छ । उक्त अवसरमा संस्थाका २२ जना सदस्यले प्रतिनिधिमूलक रुपमा सहभागिता जनाई लुम्बिनी स्थित मायादेवी मन्दिरमा दिप प्रज्वलन गरेका हुन् ।

लुम्बिनी बिकास कोषसंगको समन्वयमा संस्थाको स्थापना दिवसको अवसर पारी मायादेवी मन्दिरमा दिप प्रज्वलन गरिएको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए । यस्तै, उक्त पवित्र कार्यमा सहयोग गरेकोमा अध्यक्ष खरेलले लुम्बिनी विकास कोषलाई धन्यवाद ज्ञापन गरे ।

वि.सं २०६८ सालमा बाल क्लबका रुपमा स्थापना भएको उक्त संस्था वि.सं २०७४ सालमा नमस्ते नेपालको रुपमा दर्ता भई रुपन्देही लगाएतका विभिन्न जिल्लाहरूमा सामाजिक गतिविधिमा संगल्न हुँदै आएको छ । उक्त संस्थामा रुपन्देही जिल्ला लगाएत देशका विभिन्न जिल्लाहरूमा गरि जम्मा ३८० जना सक्रिय सदस्यहरु छन् ।