काठमाडौं, जेठ १६ – दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एअरको जहाजमा तीन जना चालक दलका सदस्य सहित २२ जना सवार थिए।आइतबार बिहान १०:०७ सम्पर्कविहीन भएको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका २ पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। जहाजमा नेपाली, भारतीय र जर्मन नागरिक सवार रहेका थिए। उनीहरुको अवस्थाका विषयमा कुनै जानकारी सार्वजनिक गरिएको छैन।
जहामा तीन चालकदलका सदस्य र १९ यात्रु रहेको तारा एयरले जनाएको छ। जहाजमा क्याप्टेन प्रभाकर घिमिरे, चालकदलका सदस्य उत्सव पोखरेल र किस्क्री थापा थिए।त्यस्तै, यात्रुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी र वी विलनर सवार थिए। वसन्त लामा पनि क्याप्टेन हुन्। उनी घुम्न जोमसोम गएका थिए।












