ईपीएलः उपाधिका लागि भैरहवा र ललितपुर भिड्दै

प्रकाशित मिति:

सबलपोस्ट/पुष ७ बुटवल । राजधानीमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि फाइनल खेल आज शनिबार हुँदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार हुने फाइनलमा भैरहवा ग्लाडीयटर्सले ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा र नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ ।प्रतियोगिताको समुह चरणको खेलमा ललितपुरले भैरहवालाई ६ विकेटले हराएको थियो । दुवै टोलीले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई हराएर उपाधि नजिक पुगेका हुन् ।