वैष्णोदेवी माताको दर्शनपछि निर्वाचित वडाअध्यक्ष रफिकले खाए सपथ

प्रकाशित मिति:

सुरेश परियार,जेठ १६ गते-मायादेवी गाउँपालिका वडा न.३का नवनिर्वाचित वडाअध्यक्ष मोहम्मत रफिक खाँले पद तथा गोपियनियताको सपथ ग्रहण गरेका छन् । बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा अत्याधिक मत ल्याएर निर्वाचित भएका रफिक खाँले भारतमा रहेको प्रसिद्ध धार्मिक स्थल वैष्णोदेवी माताको दर्शन गरे पछि बल्ल आज सपथ ग्रहण गरेका हुन् । मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले वडाअध्यक्ष मोहम्मत रफिक खाँलाई एक कार्यक्रमका विच सपथ खुलाएका हुन् ।

सोही अवसरमा बोल्दै नव वडाअध्यक्ष खाँले ५ वर्षमा जनताको पक्षमा काम गरेकै कारणले मलाई पुन वडाअध्यक्षमा जनताले जिताएको विश्वास ब्यक्त गरेका छन् । पुर्वाधार संग सामाजिक क्षेत्रमा उल्लेखीय प्रगति गरेको र जनताको सारथी बनेकाले आज वडाअध्यक्ष भएको प्रति वडावासी सवै हर्षित भएको वडाअध्यक्ष खाँ बताए । जव म वडाअध्यक्ष हुनेछु तव सपथ ग्रहण गर्नुभन्दा पुर्व वैष्णोदेवी माताको दर्शन पश्चात मात्र सपथ लिने प्रतिज्ञा गरेको थिए त्यो आज पुरा भएको बताए । अवको ५ वर्ष अधुरा रहेका कामलाई पुरा गर्दै नमुना वडा बनाउन आफु क्रियाशिल रहने बताए ।