सुरेश छन्त्याल- गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको पाण्डबखानी माद्यामिक विद्यालयमा स्वर्गीय डम्बर बहादुर पुनको स्मृतिमा अक्षकोष स्थापना भएको छ।विद्यालय संचालन गरेको अक्षकोषमा स्वर्गीय पुनको वार्षिक पुण्य तिथिको अवसरमा धर्मपत्नी शोभा पुन र छोरी हाना पुन, र बहिनी रिता पुन, बहिनी लक्ष्मि काउचा९श्रेष्ठ० र कोपिला पुनको हातबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्याल र प्राचार्य नवीन भावुकलाई रु ५ हजार ५ सय रकम हस्तान्तरण गर्नु भएको थियो। स्वर्गीय पुनको चिरआत्माको कामना गर्दै स्वर्गमा बास होस भनी परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै सम्पूर्ण विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको थियो। स्वर्गीय डम्बर पुन विद्यालयका पुर्व विद्यार्थी पनि रहेका थिए ।
त्यस्तै विद्यालय अनुगमनमा आउनु भएका नेपाल सरकार शिक्षा मन्त्रालय, शैक्षिक गुणस्तर, परिक्षण केन्द्र सानोठिमी भक्तपुरका उप सचिव निलकण्ठ रेग्मीले विद्यार्थी र शिक्षक मार्फत शैक्षिक गुणस्तर सहजिकरण गर्दै विद्यालयको परिक्षण, ४६ वटा सुचक, उपलब्धि, सुझावबारे प्रकाश पार्दै यश क्षेत्रका जनसमुदायहरु विद्यालयप्रति सबै सक्रियता रहेको र लगानी मेहनत पाएको बताउनु भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालको सभापतित्योमा भएको कार्यक्रममा नव जनप्रतिनिधिर वडा सचिव ठाकुर तिमिल्सिना, शिक्षक संघ, अभिभावक संघ, विद्यार्थी, पत्रकार सुरेश छन्त्याल लगाएतको सहभागीता रहेको कार्यक्रम प्राचार्य नवीन भावुकले संचालन गर्नु भएको थियो।












