मेष -आकस्मिक लाभ हुनेछ। व्यापारमा राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ।वृष- रोकिएका काम बन्नेछन्। रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा पुग्नेछ। व्यापारमा राम्रो छ।मिथुन – आरोप लाग्नसक्छ। पुराना साथीभाइबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। शिव भगवानको स्मरण गर्नुहोला, यसले फाइदा गर्नेछ।कर्कट –दिन राम्रो छ। स्वदेशमाभन्दा विदेशमा गरेको लगानीले फाइदा मिल्नेछ।
सिंह –हरेक क्षेत्रमा चर्चा हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। खुट्टा तान्ने बढ्नेछन्।कन्या –खर्च बढ्नेछ। व्यापारमा लगानी गर्दा विवेक प्रयोग गर्नुपर्नेछल। दाम्पत्य जीवनमा खटपट हुनसक्छ।तुला –रोगबाट मुक्त हुने योग छ। कुरा काट्नेहरु बढ्नेछन्। काम आफ्नै ढंगले गर्नु राम्रो हुनेछ।वृश्चिक – दैनिकी राम्रो छ। अनावश्यक खर्च बढ्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।
धनु –संघर्ष गर्नुपर्नेछ। साथीभाइको सहयोगबाट गरेको काममा सफलता मिल्नेछ।मकर –राम्रो कामको थालनी हुनेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षामा गरेको लगानीबाट ठूलो प्रगति हुनेछ।कुम्भ – ठूलो काम गर्ने अवसर मिल्नेछ। धैर्य गरेर अगाडि बढ्नुपर्नेछ। व्यापारमा फाइदा मिल्नेछ।मीन -प्रगति हुनेछ। राजनीतिमा राम्रो छ। संगठनमा जिम्मेवारी प्राप्त हुनसक्छ।












