इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो ‘फाइनलसिमा’ च्याम्पियन

प्रकाशित मिति:

काठमाडौँ – फाइनलसिमा-२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ च्याम्पियन बनेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज २८औं मिनेटमा सुरुआती गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको इन्जुरी समयमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए ।