पदभारकै दिन वडाअध्यक्ष रफिकले पुल उद्घाटन गरे

प्रकाशित मिति:

सुरेश परियार,१८ गते । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ का नवनिर्बाचित वडाअध्यक्ष मोहम्मद रफिक खाँको पहलमा निर्माण भएको एक स्टील पुलको आज उद्घाटन भएको छ ।हालै सम्पन्न स्थानिय तहको निर्बाचनमा निर्बाचित वडाअध्यक्ष रफिक खाँले आज पदभार ग्रहण गर्दै मायादेवी वडा नम्बर ३ स्थित हर्नापुर देखि निविहवा जोड्ने स्टील पुलको उद्घाटन गरेका हुन । सो उद्घाटन कार्यक्रममा मायादेबी गाउँपालिकाका अध्यक्ष धुर्ब नारायण चौधरी,प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना,अन्य जनप्रतिनिधि,कर्मचारी तथा वडाबासिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

यस आर्थिक वर्षको सुरुमा निर्माण कार्य सुरुवात भएता पनि चालुआर्थिक वर्षको अन्तिममा यो कार्य सम्पन्न भएको हो । यो स्टील पुल निर्माण सम्पन्न गर्न २९ लाख बजेट विनियोजन भएको थियो । जसमा वडा कार्यालयको तर्फबाट १२ लाख र बाकी रकम प्रदेश बाट बिनियोजन भएको थियो । वषौँदेखि कच्ची पुलमा कष्टकर यात्रा गरेका वडाबासीले भने पुल बनेपछि सहज रुपमा यात्रा गर्न थालेका छन् । कष्टकर यात्रालाई सहजता गर्ने काम गरेको वडा अध्यक्ष मोहम्मद रफिक खाँले बताए । यात्रा गर्दा जोखिम मोल्नुपर्ने र आवातजावतमा समस्या भएपछि आफनै पहलमा स्टील पुल निर्माण भएको उनले बताए । यो संगै बिद्यार्थीहरुलाई पनि सेमरा माध्यमिक बिधालयमा जान सहज भएको बताएका छ्न ।जनता सेवक बन्न फेरि ५ बर्ष निर्बाचित भएर आएको प्रतिक्रिया रफिकले दिएका छ्न ।

चुनावका बेला जनतामाझ गरेका बाचालाई पुरा गर्न हरपल लागि परेको बताउँदै पुल लगायत भौतिक पूर्वाधार निर्माणमा जुटिरहेको अध्यक्ष खाँले उल्लेख गरे । थोरै बोल्ने तर काम धेरै गर्ने आफनो बानी भएको बताउदै जनताँलाई महसुस र देख्ने खाले विकास निर्माण कार्य भएको नब निर्बाचित वडा अध्यक्ष रफिक खाँले तर्क गरे ।