बर्दघाट नगर कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेद्धारहरु विजयी

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
जेष्ठ १९ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको कार्यपालिका सदस्यका लागी विहिबार आज भएको निर्वाचनमा गठबन्धनका उम्मेद्धारहरु विजयी भएका छन् । महिला सदस्यमा नेपाली कांग्रेसका ४ र नेकपा माओबादीका १ जना उम्मेद्धार विजयी भएका छन् । विजयी हुनेहरुमा नेपाली कांग्रेसका तर्फबाट मञ्जु चालिसेले ७०, रितु कुमारी सुनारले ७०, रिता ढुंगानाले ७० र सुमित्रा ढकालले ६९ मत र माओबादीका जानकी न्यौपानेले ७० मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दीहरु नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिनुभएका दिपा सारुले १३, माया चौधरीले १३ र राधा थापाले ११ मत प्राप्त गरि पराजय हुनु भयो  । त्यस्तै, दलित तथा अल्पसङख्यकमा उम्मेद्धारी दिएका नेकपा माओबादीका गोविन्द विश्वकर्मा ६८, माओबादीकै बुधिराम विक ६५ र एकिकृत समाजबादीका प्रेम बहादुर भुजेल ६८ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दीहरु नेकपा एमालेका लुकुडी चमार १३ र स्वतन्त्र उम्मेद्वार मोहन विकले १३ मत प्राप्त गरि पराजय हुनु भएको छ ।

५ जना महिला र ३ जना दलित तथा अल्पसङख्यक सदस्यका लागी भएको निर्वाचनमा महिला तर्फ ८ जना र दलित र अल्पसख्यंक तर्फ ५ जना गरि १३ जनाको उम्मेद्धारी परेको थियो । बर्दघाट नगरका कुल ८२ जना जनप्रतिनिधि मध्ये ८२ जनाले नै मतदान गरेका थिए ।