हाटबजार व्यवसायीद्वारा बुटवलका जनप्रतिनिधिलाई बधाई

प्रकाशित मिति:

बुटवल, २० जेठ । हाटबजार व्यवसायी संघ रुपन्देहीले स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।संघले बुटवलका मेयर, उपमेयर र १९ वटै वडाका वडा अध्यक्ष तथा पदाधिकारीहरुलाई शुक्रबार बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा सबै वडामा सञ्चालित हाटबजार व्यवसायीका समस्याहरुलाई नगरपालिकाका तर्फबाट आवश्यक पहल गर्ने बताए ।त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले आफ्नो कार्यकालमा हाटबजारमा सौचालय र खानेपानीलाई व्यवस्थित गर्ने बताईन् । उनले हाटबजारमा गुणस्तरीय र ताजा वस्तु बिक्री गर्न सुझाव समेत दिदै व्यवसायीको हकहितको लागि आफू निरन्तर लाग्ने बताईन् ।

कार्यक्रममा हाटबजार व्यवसायी संघका अध्यक्ष टेक बहादुर जिसीले हाटबजारका कार्यनिती बनाई नगरप्रमुखलाई कार्यपत्र पेश गरेका थिए ।
बधाई तथा शुभकामना कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले ५ वर्षे कार्यकालमा व्यवसायीका समस्यालाई हल गर्ने बताए ।
त्यस्तैगरी संघका निवर्तमान अध्यक्ष भीमलाल ज्ञवाली, सल्लाहकार रबिलाल पाण्डे, टीकाराम भट्टराई र उपाध्यक्ष शोभा पोख्रेललगायतको सहभागिता रहेको थियो ।संघका उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालनद्वय सचिव जयन्त घर्ती र महासचिव हुमाराम पोख्रेलले गरेका थिए ।