आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस,देशभर जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ जेठ २१ गते तत्कालीन संसदले नेपाललाई छुवाछुटमुक्त राष्ट्र घोषणा गरेको दिन नेपालमा विसं २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आएको छ । नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको एक ऐतिहासीक दिनको रुपमा स्मरण गर्दै सैनामैना दलित उत्थान समितिले पनि परोहा स्वास्थ्य चौकिमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सोहि कार्यक्रमलाई संबोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत थारुले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो । दलित उत्थानको लागि एउटा महान युद्ध लडेर निकै ठुलो बलिदानी पश्चात समाबेशितामा आए पनि समान्तबादि संस्कृतिले अहिले पनि समाजमा जरो गाडेको कारण अझै पनि धेरै चुनौति रहेका बताए । यसैविच मन्त्री थारुले हरेक नेपालीलाई जातीय छुवाछुत र भेदभावविरुद्ध संविधानमा समेटिएका बिषयहरुलाई टेकेर दृढतापूर्वक उभिन समेत आहृवान गरे । दलितको हकअन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले गरेको भन्दै संविधान कार्यान्वयन हुने क्रममा भएको स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व पनि रहेको हुदाँ जतिय विभिदे अन्त्यको लागि जनप्रतिनिधिको अग्रणी भुमिका रहेको बताए।
सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवबीच गरिने जातीय भेदभाव र छुवाछुतप्रतिको अनत्यका् लागि र “समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि लुम्बिनी प्रदेश सरकार दृढ रहेको बताए ।नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको समेत बताए ।लुम्बिनी प्रदेश सभा सदस्य कमला देबि विश्वकर्माले संविधानले जातीय विभेद गर्न नपाईने भनेता पनि व्यबहारमा प्रयोग हुन नसक्दा दलित समुदाय खुलेर समाजमा हिड्ने वातावरण नभएको बताईन । उनले भनिन “ लुम्बिनी प्रदेशमा दलित सशक्तीकरण ऐन बनाउन ड्राफ तयार भैरहेकाले समतामूलक समाज निर्माणका लागि सबै सन्ङ हातेमालो गरि अगाडि बढ्नु पर्ने भएकाले दलित समुदायको चौतर्फी बिकासको लागि सिर्जनात्मक र रचनात्मक कार्यक्रमले थप उर्जा मिल्ने बताईन ।
सैनामैना दलित उत्थान समितिका अध्यक्ष अम्बिका परियारले जातिय आधारमा विभेद रहेकाले त्यो मानसिक्ता हटाउन हामी निरन्तर पहल गर्ने बताउदैँ श्रम चल्छ पसिना चल्छ रगत चल्छ तर जात चल्दैन यस्तो सामन्तवाद प्रवृत्तिको अनत्यको लागी रक्तदान गरिएको हो बताईन । मान्छेले मान्छे माथी भेदभाव गरिरहेको बेला नितिनियमको लागि लड्नु हुने सरोकारवाल पक्ष र नवनिर्बाचित जनप्रतिनिधि हरुले सदनमा आवाज उठाउनु पर्छ सडकमा हामी छौ ।उनले भनिन “ नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिदै आवज बिहिनहरुको आवाज बनेर अगाडि बढ्नु बढ्नु भएको छ दलित ,नागरिक तथा महिला मैत्री बजेट ल्याउनु भो भने समग्र समृद समाज निर्माणमा सहयोग पुग्ने भन्दै पार्टी भन्दा माथी समुदायको हक अधिकारका लागि काम गर्नु पर्ने सस्थाका अध्यक्ष परियारले बताईन ।उक्त कार्यक्रम नवनिर्वाचित जनप्रतिनिधि हरुलाई बधाई शुभकामना सगँसगैँ जनप्रतिनिधि हरुलाई खवदारी गर्दै लक्षित वर्गहरुको लागि आएको बजेट साहि क्षेत्रमा सदुपयोग गरि जनता माझ कति लाभदायी र उपलब्धि मुलक भयो भन्ने बिषयमा गम्भीर ध्यानकार्षण गराउन सहभागी वक्ताहरुले आग्रह गरे।कार्यक्रममा सैनामैना बाट निर्वाचित सबै जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । १०० जना उपस्थिति भएको कार्यक्रममा ३० युनिट रगत समेत संकलन भएको कार्यक्रम संयोजक सीता गौतम ले जानकारी दिईन भने कार्यक्रम सस्थाको उपाध्यक्ष जयलाल बिक को स्वागत मन्तब्य तथा सचिब समुन्द्र नेपालीको सन्चालनमा सम्पन्न भएको थियो ।












