अछाममा प्रहरीद्वारा ८ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्यास प्रहार

प्रकाशित मिति:

काठमाडौं, जेठ २१ – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा एक किशोर मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रदर्शन गरेका छन्।पञ्चदेवल विनायक नगरपालिका(४ को घर नजिकै १५ वर्षका किशोर विनोद शाही मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रदर्शन गरेका हुन।

स्थानीयले घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारबाही माग राख्दै प्रहरीलाई शव उठाउन नदिएपछि तनावको स्थिती सृजना भएको हो। स्थानीयको अवरोधका कारण तनाव सिर्जना भएपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायरसमेत गरेको छ।प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। तर आक्रोशित स्थानीयले प्रहरी प्रशासनविरूद्व नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन्। शाही १७ गतेदेखि वेपत्ता रहेका थिए।