पत्रकार महासंघ रुपन्देहीद्धारा बाताबरण पत्रकारिता पुरस्कार वितरण, पत्रकार केसी पुरस्कृत

प्रकाशित मिति:

बुटवल, जेठ २२-नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकार नारायण सापकोटाद्धारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७८ वितरण गरेको छ । लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक नारायण सापकोटाले पत्रकार तेजेन्द्र केसीलाई नगद, प्रमाणपत्रले पुरस्कृत गरेका हुन ।

महासंघले वातावरण दिवसका दिन प्रत्यके बर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पत्रकार केसी नगद २५ हजार, प्रमाणपत्रले सम्मानित भएका हुन । पत्रकार केसी दैनिक पत्र दैनिक, रातोपाटिको लुम्बिनी प्रदेश प्रमुख हुन । केसी १५ वर्षदेखि बुटवललाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशिल छन । पुरस्कार वितरण समरोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले अहिले बाताबरणीय समस्याका लक्षणहरु देखिन थालेको बताए । मानव जातीले बाताबरणबाट धेरै कुराहरु लिने गरेको बताउदै जोगाउन पहल नगर्दा समस्या देखिएको उनको भनाई छ । सञ्चारमन्त्री शर्माले पत्रकारका लागि सञ्चार बिधेयक ल्याएको बताउदै यो बिधेयक पास भएमा पत्रकार र सञ्चार माध्यमलाई फाईदा पुग्ने बताए । कानुनको अभावमा अन्य कामहरु गर्न नपाएको उनले बताए ।

बजेट निर्माणको चरणमा रहेको बताउदै सञ्चार माध्यमलाई ध्यानमा राखेर लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउने मन्त्री शर्माले प्रतिबद्धता जनाए।कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा। बालकृष्ण चापागाईंले बाताबरणलाई जोगाउन ध्यान दिन आवस्यक रहेको बताए उनले बाताबरणका बिषय पत्रकारिताको ५० प्रतिशत बिट भएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष एंव सल्लाहकार विनोद पहाडीले अहिले बाताबरणी संकट आउन थालेको बताए । उनले युवा पुस्तामा बाताबरणका क्षेत्रमा लेखन कम भएको बताउदै पुरस्कारले यस क्षेत्रमा लेखाईमा अभिप्रेरित गर्ने बताए ।पत्रकारिता पुरस्कारका सस्थापक एंव अग्रज पत्रकार नारायण सापकोटाले बाताबरण जोगाउने कर्तव्य सबैको रहेको बताउदै पत्रकारको माध्यमबाट छिटो प्रभाव पर्ने भएकोले पुरस्कार स्थापना गरेको बताए । उनले रुपन्देहीमा बाताबरणीय स्रोत धेरै भएकोले यसको संरक्षण गर्नको लागि प्रयास धेरै गर्न सहज होस भन्ने उद्देश्यले पुरस्कार बितरण शुरु गरेको बताए। अहिले सम्म २५ जना पत्रकार पुरस्कृत भएको स्मरण गरे । उनले बाताबरण शंकटमा रहेको उल्लेख गर्दै यसको बचाउमा समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एंव सल्लाहकार यानेन्द्र जिसिले बाताबरण जोगाउनको लागि सबैले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बाताबरणको क्षेत्रमा पत्रकारको रुचि बढाउनको लागि पुरस्कार प्रदान गरिएको बताए। उनले बाताबरण क्षेत्रको संरक्षणको लागि सबैले सहयोग गर्नुपर्ने बताए ।नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसालले २५ वर्ष अघि स्थापना भएको पुरस्कारको स्मरण गराउदै बाताबरणको क्षेत्रमा कलम चलाउन उत्प्रेरित गर्ने बताईन। तिलोत्तमा सब डिभिजन बन कार्यालयका प्रमुख सुर्य प्रसाद मैनालीले बाताबरण समाजको महत्त्वपूर्ण क्षेत्र रहेको बताउदै यसको संरक्षणको क्षेत्रमा लेख्दै गरेको पत्रकारलाई पुरस्कृत गर्नु सराहनीय कार्य रहेको बताए । मुल्यांकन समिती संयोजक एव सल्लाहकार माधव ढुंगानाले पत्रकारिता पुरस्कारको बारेमा बताउदै पुरस्कार प्राप्त गर्ने ब्यक्ती घोषणा गरे । पत्रकार ढुंगानाको संयोजकत्वमा गठन भएको मूल्यांकन समितिमा पत्रकार टिआर शर्मा र डिभिजन वन कार्यालयका तर्फबाट सहायक वन अधिकृत सुर्य प्रसाद मैनाली सदस्य रहेका थिए । कार्यक्रम महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलको अध्यक्षता, उपाध्यक्ष बिश्वास ढकालको स्वागत तथा सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।