काठमाडौं । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ(मुग्लिन सडक अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना(६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि गए रातिदेखि सडक अवरुद्ध भएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
अहिले पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ । मुग्लिन(नौबिसे सडकमा पनि पहिरो खसेको छ । इच्छाकामना(४ स्थित नाग्दिखोलामा पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले बताए ।सडक अवरुद्ध भएछि दर्जनौं सवारी र सयौं यात्रु अलपत्र परेका छन् ।












