रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते

प्रकाशित मिति:

चितवन/चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते भएका छन्। आज ९बिहीबार० बिहान ४ः२० को समयमा रत्ननगर नगरपालिका ३ बेल्सि पुल स्थित पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा स्कार्पियो ठोकिएको हो।

पूर्वबाट पश्चिम तर्फ आउँदै गर्दा बिग्रेर सडक छेउमा रोकी राखेको ना ६ ख ५७१९ नं। को ट्रकलाई बाराबाट काठमाडौं जादै गरेको वि आर ०५ प ९९७४ नं। को स्कार्पियोले ठक्कर दिएको हो।दुर्घटना हुँदा स्कार्पियोका चालक बाराको कलैया घर भएका राजिव प्रसाद कुर्मी, सोही ठाउँका राम बाबु साह, महमद बाबु खान, सिला देवी साह, र बाराको महागढीमाई रामजीप्रसाद साह घाइते भएका छन्। उनीहरूको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ।