बिन्ध्यबासिनी हाइड्रोपावरको IPO पर्ने सम्भाबना कति ? बाँडफाँट कहिँले ? येस्तो छ पछिल्लो अपडेट

प्रकाशित मिति:

CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १६.०७ गुणा भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साँझसम्म १८ लाख ४५ हजार ६७ जना आवेदकले २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरका लागि २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले जेठ २० गते शुक्रबारदेखि जेष्ठ २५ गते बुधबारसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणको लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ३६ हजार ५ सय जनाले मात्रै कम्पनीको आईपीओ पाउने छन् । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । अहिले डाटा भेरिफाइको काम भैरहेको ले बाँडफाँट कहिले भनेर भनियेको छैन।