CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)
काठमाण्डाैं
गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर श्रेष्ठले बिहीबार रातिबाट ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली भारत बेच्न थालिएको बताए ।
ग्रिन भेन्चर्स लिमिटेडको लगानी रहेको लिखु–४ आयोजनाको बत्ती आज (शुक्रबार)बाट भारतीय जनताले उपभोग गरिसकेको हुने जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणले वर्षा मौसममा भारतसँग सम्झौता भएअनुरूप ३ सय ६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ ।
यसअघि गत शनिबार नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न थालिएको थियो । राजधानी दैनिकले लेखेकाे छ ।
यसैबीच हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज शुक्रबार हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा आज जेठ २७ गते, शुक्रबार होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजेबाट सुरू हुनेछ ।
सभाले सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।












