CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)
काठमाण्डाैं
सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात ब्यबस्था विभागले आज २०७९।०२।२७ देखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम बढाएको हो।
विभागले दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने यात्रुबाहक सवारीको भाडा २.५ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक सवारी भाडा ३.३ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारी भाडा ३.७ प्रतिशतले बढाएको हो ।
पछिल्लो समय डिजेलको मूल्य १२ रुपैयाँले बढेर १६५ रुपैयाँ प्रति लिटर कायम गरेसंगे स्वचालित भाडा दर समायोजन प्रणाली अनुसार विभागले भाडा दर बढाएको हो ।
यस्तो छ नयाँ भाडादर: 












