कसरी दिने आबेदन ? आजदेखि जानकी फाइनान्सको सेयर बिक्री खुल्ला,

प्रकाशित मिति:

CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)

काठमाण्डाैं

जानकी फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक सेयरधनी मनोज कुमार सिंहको नाममा रहेको २१ हजार २६४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।

उक्त सेयर खरिदका लागि इच्छु्क योग्य संस्थापक सेयरधनीहरुले आजैका मितिले ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरि निवेदन दिन सक्नेछन् । निवेदन कम्पनीको सचिव कार्यालयमा दिनुपर्नेछ ।

तोकिएको उक्त समयावधिमा संस्थापक सेयरधनीहरुको सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा भने प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बताइएको छ ।