CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)
काठमाडौं ।
फेरि पहिरो खसेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो।
पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ। पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न नसकेको प्रहरीको भनाइ छ।
अहिले गाडी चापमा चलिरहेका र जाम रहेको प्रहरीको भनाइ छ। शुक्रबार बिहान पनि सोही ठाउँमा पहिरो खस्दा घण्टौंसम्म गाडी जाम भएका थिए।
दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि राति फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका छन्।












