सिवाईसी नेपाल लघुवित्तको शेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

प्रकाशित मिति:

CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)

काठमाडौं ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको १२ लाख १६ हजार ४१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको शेयरलाई नेप्सेले न्यूनतम ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार अर्को साता लघुवित्तको शेयर कारोबारमा आउनेछ ।

लघुवित्तको शेयरलाई नेप्से सिवाईसीएल (CYCL) कारोबार संकेत प्रदान गरेको छ । यसैबीच नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (शुक्रबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३० प्रतिशत हकप्रद बापतकाे ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

कम्पनीले चैत १ गतेबाट चैत २१ गतेसम्म १०:३० काे अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।