स्वीट्जरल्याण्डसँग पोर्तुगल पराजित

प्रकाशित मिति:

एजेन्सी । युइएफए नेसन्स लिगमा पोर्तुगल पराजित भएको छ । गएराति भएको खेलमा पोर्तुगल स्वीट्जरल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको हो ।घरेलु टोलीको जितमा हरिस सेफेरोभिकले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए ।

सम्हालिन नपाँउदै गोल खाएको पोर्चुगलले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न सकेन ।पहिलो जितसँगै ४ खेलबाट ३ अंक जोडेको स्वीट्जल्यान्ड अंकतालिकाको पुछारमै रहेको छ । पोर्चुगल ७ अंकसहित दोस्रो स्थानमा छ । स्पेन ८ अंक जोडेर शीर्षस्थानमा रहँदा चेक रिपब्लिक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।