प्रकाश न्यौपाने
असार १ गते
नवलपरासी । जिल्ला समन्वय समिति पश्चिम् नवलपरासीको नतिजा अनपेक्षित आए पछि पार्टी भित्र अनुसासनको कार्वाहीको माग गर्दै उजुरी परेको छ ।
नेपाली काङ्ग्रेस जिल्ला अनुसासन समिती नवलपरासीका संयोजक बिक्रम यादवका अनुसार जिल्ला समन्वय समितीका संयोजकका उम्मेदवार बालिन्द्र बिक्रम शाहीले निवेदन दिनु भएको बताउनु भएको छ । नेकपा एमालेले राप्रपा सग र काङ्ग्रेस ले माओवादी सग तालमेल गरेको थियो।गठबन्धन सहित काङ्ग्रेसग ८ मत रहेपनी प्रमुखमा एमालेले जित हात पारेको छ भने उपप्रमुखमा माओवादी केन्द्र बिजयी भएको छ।स्वत जित शुनिश्चित हुनेमा ढुक्क रहेको काङ्ग्रेसमा नतिजा आएपछि हो ।
एक मत नियतबस बदर भएको अर्को मत बिपक्षी दललाई दिएर अन्तर्घात गरेका हुदा पार्टी अनुसासन बिपरित भएको भन्दै निवेदन परेको हो ।












