कञ्चन/रुपन्देहीको कञ्चन गाउपालिकामा बिगत २०४९ साल देखि निरन्तर स्वास्थ्य सेवामा स्वयम सेबिका गर्दै आउनु भएका ६० बर्ष उमेर पुगेका ४ जना सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई सम्मान तथा बिदाई गरिएको छ। बिदाई हुनेहरुमा गिता देबि उपाध्यय, गिता देवी राना, शान्ती देबी पौडेल र नन्दादेवी सुनार रहका छन।
निस्वार्थ र निशुल्क रुपमा ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएका सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई सम्मान तथा बिदाई गर्दै गाउपालिकाका अध्यक्ष नवराज ढकालले गाउ गाउमा गएर जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै बिभिन्न रोगहरुबाट सुरक्षित हुन सचेतना जगाउदै हिड्ने स्वयमसेविका दिदी बहिनीहरुको योगदान अतुलनिय रहेको बताउनु भएको छ। सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिका बन्दा देखि नै आफुहरुले केही नलिई जनताको स्वास्थ्य सुरक्षामा देखि खट्ने बाचा गरी कार्यक्षेत्रमा लाग्नु भएका स्वयम सेबिका दिदि बहिनीहरुलाई राज्यले उचित सम्मान गर्न नसके पनि स्थानीय सरकारले थोरै भएपनि अवकास हुदाको दिन ५० हजार रुपैया सहित बिदाई गर्न पाउनु आम कञ्चनवासीहरुमा गर्वानुभुत भएको अध्यक्ष ढकालले बताउनु भयो ।
यस्तै गाउपालिका उपाध्यक्ष मौसमी थापा मगरले सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाको नियमित स्वास्थ्य सुरक्षा निगरानीबाट हुर्किएको हुदा सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिका प्रति सम्मान र आदर्श भएको बताउनु भयो । एकजना महिलाले एक सफल चिकित्सक, डिजाइनर र असल शिक्षकको भुमिका निर्वाह गर्नु कम चुनौतीको बिषय नभएको बताउदै उपाध्यक्ष थापा मगरले कञ्चनको स्वास्थ्यलाई गुणस्तर कायम गर्नमा र पुर्ण खोपयुक्त बनाउनमा सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुको भुमिका निकै महत्वपुर्ण रहेको बताउनु भयो ।कार्यक्रममा सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिका संघ, लुम्बिनी प्रदेश सदस्य सुमित्रा बुढाथोकीले निस्वार्थ रुपमा का गर्ने सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई उनिहरुको कार्यक्षेत्रलाई सुरक्षित गर्न, राज्यले निर्धारण गरेको सेवा सुबिधा समेत स्थानीय तहले कटौती गरी अनयाय गरेको दुखेसो ब्यक्त गर्नु भयो । कञ्चनमा ५९ जना सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरु कार्यरत छन।कञ्चन गाउपालिकामा भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले गर्नु भएको थियो भने कञ्चनका सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुहरुले समेत अवकार प्राप्त सामुदयिक महिला स्वास्थ्य स्वयम सेबिकाहरुलाई सम्मान तथा बिदाई गरेका थिए।












