गुल्मीमा आफ्नै बिद्यार्थीलाई बालयौन दुराचार गरेको आरोपमा शिक्षक पक्राउ

प्रकाशित मिति:

गुल्मी/गुल्मीमा बालयौन दुराचार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।गुल्मीको रुरुक्षेत्र गाउँपालिका ३, स्थित प्रतिभा आधारभूत विद्यालयका शिक्षक रामहरि ज्ञवाली कक्षा ३ मा अध्ययनरत आफ्नै बिद्यार्थीउपर बिद्यालय समयमा यौनजन्य अस्वाभाविक कार्य गरेको आरोपमा पक्राउ परेका हुन् ।

उक्त पिडित बालीकाको अबिभावकले आफ्नै शिक्षकले बिद्यालय समयमा यौन दुराचार गरेको जाहेरी दिएकाले उनलाई पक्राउ गरी बालयौन दुरुपयोग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव राज खरेलले बताए ।