वडा स्तरीय युवा क्लबले बुझायो बुटवल उपमहानगरपालिकाको उप-प्रमुखलाइ १२ बुदे कार्यक्रम योजना सहितको ज्ञापनपत्र
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मातहतमा रहेको वडा स्तरीय युवा क्लबले उपमहानगरपालिका उप-प्रमुखलाई १२बुदे कार्यक्रमको योजना सहित बुझायो ज्ञापनपत्र। युवा क्लबले उपमहानगरपालिकाको उप-प्रमुख साबित्रा अर्याललाई ज्ञापनपत्र बुझाएको हुन । यस अघि बुधबार पनि क्लबले नगर प्रमुखलाइ पनि पत्र बुझाएको थियो ।
विभिन्न कार्यक्रम र योजानहरुको लागि आ.व ०७९/०८० बजेट विनियोजन गर्दिन आग्रह गर्दै वडा-स्तरीय युवा क्लबको १९ वटा वडाका अध्यक्षले संयुक्त रुपमा हस्ताक्षर गर्दै बुझाएका हुन । युवा क्लबले ल्याएका कार्यक्रमहरुलाइ बजेटमा समावेश गर्दिन अनुरोध गरेका छन् ।
वडा-११का क्लबका अध्यक्ष मधुसूदन नेपाल (बिपिन) ले सम्पूर्ण वडाको संयुक्त रुपमा बैठक बसि उपमहानगरपालिकाको मेयर /उप-मेयरलाइ पत्र बुझाउने निर्णय गरेको बताए । २ वर्ष देखि रोकिएको नगर युवा संजालको गठनलाइ पनि छिटोभन्दा छिटो गठन गर्न आग्रह गर्दै आगामी आ.व. ०७९/०८० को बजेटमा युवाहरुलाई युवा लक्ष्यित कार्यक्रमहरुको माग गर्दै बुदागत सहित लिखितम कार्यक्रमहरु बजेट विनियोजन गरि दिनुहुन भन्दै बउपप्रमुख आर्याललाई पत्र बुझाएको जनाएका छन् । 
युवा शक्ति नै परिवर्तनका वाहक हुन् जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । हरेक देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा युवा शक्तिको जोस, जागर र आँटले क्रान्तिकारी भूमिका देखिन्छ ।अहिलेको नेतृत्व ऊर्जा, निष्ठा, दृष्टि, बौद्धिकता, रचनात्मकता, क्रियाशीलता ले आफू खुशी रहेको विश्व इतिहासलाई हेर्दा पनि हरेक देशमा सत्ता परिवर्तन र विकासको सूचाङ्क बदल्ने समूह नै युवा हुन् आफू ले सधै युवा लाई प्राथमिकता दिएको र युवा लक्ष्यित कार्यक्रमहरु थप माग गर्दै आएको यो पत्र को सम्बोधन गर्ने बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा आर्याल बताइन ।
दिपेश राज नेपाल, गौरव क्षेत्री, पङ्कज शर्मा, प्रतीक ज्ञवाली, रितिका मण्डल, रबिना घिमिरे, अभिषेक ढकाल,अग्रिम आर्याल र रक्षा नेपालीको उपस्तिथि रहेका कार्यक्रमा नेपालले संचालन गरेका थिए । 











