काठमाडौंमा कल सेन्टर सञ्चालन गरी अमेरिकामा ठगी

प्रकाशित मिति:

काठमाडौं, असार ५ – नेपालमा कल सेन्टर सञ्चालन गरि अमेरिकामा बस्दै आएकाहरूलाई ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा निशान गैरे, मनिष तिवारी, विजय श्रेष्ठसहित ८ जना पुरुष र ५ जना महिला रहेका छन्।नेपाल प्रहरीको साइबर ब्यूरोले दुई भारतीय र ११ नेपालीलाई आइतबार पत्रकार सम्मेलन गरेर १३ जना सार्वजनिक गरेको हो।

उनीहरूले सामाखुशीस्थित अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ।उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरी पैसा ठगी गर्दै आएका थिए। उनीहरुबाट ९० वटा कारोबार भएको देखिएपनि ती सबै ठगीको कारोवार हो होइन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।