नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्धी बिरुद्ध आन्दोलन गरेको छ।
बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरि रहेका छन् । सरकारले हिजो साझ देखि पेट्रोलको नयाँ मुल्य प्रति लिटर रु १९९ र डिजेल प्रति लिटर रु १९२ बनाएको छ ।











