तिनाउ खोलाले बगाएर बुटवलमा एकको मृत्यु

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिका-११ देविनगर स्थित तिनाउ खोलाले बगाएर एक जनाको ज्यान गएको छ । देविनगर र पारि बुद्धनगर जोड्ने पुलभन्दा केहि माथी देखि बुद्धनगर कृषि पथ बसोबास गर्ने अन्दाजी ६४ बर्षका कृष्ण बहादुर नेपालीको मृत्यु भएको हो ।

बिहान देखि परेको पानीले तिनाउ नदि ठुलो भएर आएको र उनलाई खोलाले बगाएर श्रीजनानगरमा पुराएको थियो। मृत अवस्थामा भेटिएको नेपालीलाइ वडा-११का जनप्रतिनिधि नकुल शाहि ठकुरी सहित सशस्त्र प्रहरीले उदार गरेको एक स्थानीयले जानकारी दिए ।