तिलोत्तमामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु

प्रकाशित मिति:

तिलोत्तमामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु ८३ प ९८४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तु महाराजगन्ज ९ का २४ वर्षीय बसन्त चौधरीको मृत्यु भएको छ।

दिउँसो ४ बजेतिर दुर्घटना भएको र मृतकको शव पोष्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। सडकमा गुडिरहेको उक्त मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठक्कर खाँदा दुर्घटनामा परेको हो।