बालबालिकालाई कोरोना विरुद्धको खोप आज देखीलागाउन सुरु

प्रकाशित मिति:

प्रकाश न्यौपाने / असार ९ गते

नवलपरासी  : सरकारले असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्लाका बालबालिकालाइ कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । जसमा पहिलो चरणमा प्रदेश नम्बर १ का झापा, इलाम, सुनसरी, मोरङ मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सामा ओप अभियान सञ्चालन गरिनेछ । यस्तै, वाग्मती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रे, काठमाडांै, भक्तपुर, ललितपुर तथा गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्वमा खोप अभियान चल्नेछ ।

लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने विभागले जनाएको छ । पहिलो मात्रा लगाएको तीन हप्तापछि दोस्रो मात्रा लगाउने तयारी छ ।