मकवानपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

प्रकाशित मिति:

हेटौंडा– मकवानपुरमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ । कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख नजिकै फलाम बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।शुक्रबार दिउँसो कान्तिलोकपथ सडकखण्डमा हेटौँडा बाट ठगिनतर्फ जाँदै गरेको सि जी ०७ बि अच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक सडक बाट अन्दाजी २००र२५० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा ट्रक चालक भारतको पट्ना जिल्ला महाबलिपुर बस्ने ४० बर्षीय सुरेन्द्र यादव रहेको मकवानपुर प्रहरीले बताएको छ । ट्रक चालकको शव गाडीको स्ट्रेरिङमा अड्केर रहेको र ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ वर्षीय अजित यादव भने हामफालेर बाँचेको जनाइएको छ ।