सुदिप गौतम। बुटवल –असार महिना सुरु भएयता नै दैनिक रुपमा तीजका गीतहरु सार्बजनिक हुने क्रम बढिरहेको छ । कलाकार तथा म्युजिक कम्पनीलाई आफ्ना तिज बिशेष गीतहरु सार्बजनिक गर्न भ्याई नभ्याई भएको छ। यसै क्रममा स्वाभिमान क्रियसन प्रा लि को प्रस्तुतिमा तिज कोसेली “चेलीको ब्यथा भाग ३ बजारमा आएको छ ।
स्वाभिमान क्रियसन प्रा लि मार्फत गित बजारमा आएको हो । गीत बजारमा आपछि दर्शक बाट राम्रो प्रतिक्रिया पाएको छ । उक्त गीतमा शर्मिला गुरुङ ,सुनिता बुढा क्षेत्रि र पुरुषोतम गैरेको आवाज रहेको छ । राजु महोत्राको शब्द पुरुषोतम गैरेको संगीत अनि बिनोद बाजुरालीको एरेन्ज रहेको छ । चेलीको ब्यथा भाग १ र २ ले निकै सफलता हासिल गरेका थिए । रेकर्डका हिसाबले यो गित अघिल्लो बर्षको तिजको लागि रेकर्ड गरेपनि प्राबिधिक कारण यो बर्ष बजारमा ल्याईएको मोडल राजु महोत्राले बताए । गीतको छायांकन करण चैसिरले गरेका हुन् भने बिकास ज्ञवालीको सम्पादन रहेको छ । भिडियोमा निर्देशन मोडल तथा निर्देशक राजु महोत्राले गरेका छन
उक्त म्युजिक भिडियोमा राजु महोत्रा , मिरा महोत्रा ,बिनोद खड्का रक क्षेत्रि खुशी क्षेत्रि, कमला गैरे लगायतका कलाकारको अभिनय रहेको छ । गीतको सफलताको शुभकामना












