नयाँ दिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सो दुर्घटना भएको हो । उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ ।
केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले बताएका छन् । बसभित्र थप घाइतेहरू फेला पर्नसक्ने आशामा उद्धार कार्य जारी राखिएको पनि बताइएको छ।यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै दुर्घटना ‘हृदयविदारक’ भएको ट्वीट गरेका छन् ।












