बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु गर्न सर्बदलीय बैठक बस्ने तयारी भएको छ ।शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले जानकारी दिए।
मतगणना सुरु गरेको तीन दिनमा मतमरिणाम आइसक्ने उनको भनाइ छ ।मतगणनास्थल आसपासको सुरक्षा व्यवस्था कडा पारिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । १३ हजार ६ सय ५९ मतदाता रहेको नगरपालिकामा ६६ दशमलव ३ प्रतिशत मत खसेको छ ।यसअघि बैशाख ३० गते भएको चुनावमा भने ७५ दशमलव ५ प्रतिशत मत खसेको थियो ।
१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान भएको हो नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाति र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समर्थन रहेको छ ।यसअघि वैशाख ३० मा भएको चुनावमा धाँधली भएको आरोप लागेपछि बिहीबार पुन मतदान भएको हो ।












