हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा पुर्खे बा’ का नामले हाँस्य क्षेत्रमा परिचित पुरूषाेत्तम भण्डारीले नयाँ तीज गीत बजारमा ल्याएका छन् ।
केही बर्ष अगाडि ल्याएकाे ‘पानी मरूवा’ लाई निरंतरता दिँदै त्यसैको नयाँ भाग -४ ‘तिर्सना’ बजारमा ल्याएका हुन् ।
पुरुसोतम भण्डारी पुर्खे बा, लक्ष्मी तिवारी “तिवारी आमा” र रिना केसीको आवाज रहेको उक्त गितमा पुर्खे बा कै शब्द तथा संगीत रहेको छ ।सुनिल बिकले छयाङ्कन गरेको उक्त भिडियोलाई पुर्खे बा ले निर्देशन गरेका छन ।
गीतमा बिशेष गरी बिहे गरेर घर गर्न गएकी छोरीको बेदनालाई प्रस्तुत गरिएको छ। गितमा घर गर्न गएकी छोरीले जति दु:ख गरेपनि जस नपाएको, सासूद्वारा अपहेलित भएको र आफ्नै श्रीमान समेतले वास्ता नगरेको भाव देखाइएको छ। समाजमा भएको गतिविधिलाई विषयवस्तुमा उठाएर बजारमा आएको गितको भागमा बुबा र छोरीबीचको गन्थन मन्थन लाई पुर्खे बा, तिवारी आमा, सरिता धनकुटी र अजय भुसालले अभिनय गरेका छन।
गित पुर्खे बा गित पुर्खे बा को युटुब च्यानल बाट बजारमा आएको छ ।











