बुटवल २८ असार-नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष खगेश्वर बोहराले पेट्रोेलियम पदार्थ जस्तो अत्यावश्यक र संवेदनशील वस्तुको कारोबारबाट सरकार पन्छिन नमिल्ने बताउनु भयो ।उहाँले आयल निगम नििज क्षेत्रलाई दिन विषय अव्यवहारिक र सरकारको गैर जिम्मेवारपना हुने बताउंदै निजीकरण स्वीकार्य नहुने बताउनु भयो । ‘आयल निगमको निजीकरण गर्नु इन्धन मात्र हैन,राज्यको बागडोर नै सीमित ब्यापारीको हातमा सुम्पिनु हो’–अध्यक्ष बोहराले भन्नु भयो ।
त्यस अघि पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ रुपन्देहीको नवौं साधारणसभामा मंगलवार बोल्दै व्यासायीहरुले निगमको निजीकरणले उपभोक्ता मुल्यबृद्धिको मारमा पर्ने तथा ट्याङ्कर र पेट्रोल पम्प व्यवसायीको अर्बौं लगानी र हजारौं मजदुरको रोजगारी संकटमा पर्ने औंल्याएका थिए । अध्यक्ष बोहराले इन्धन ढुवानी भाडा ५ वर्षदेखि समायोजन हुन नसकेको बताउंदै यथाशीघ्र समायोजन गर्न सरकारसंग माग गर्नु भयो ।लोकतान्त्रिक यातायात व्यवसायी संघका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठले अर्बौं रुपैयाको चलखेलमा आयल निगमलाई निजीकरण गरेर धराशायी बनाउने षडयन्त्र भइरहेको दावी गर्दै यसविरुद्ध देशभरका ट्याङ्कर र पेट्रोल पम्प व्यवसायीहरु आन्दोलित हुन जरुरी रहेको दावि गर्नु भयो ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक डीपोका प्रमुख नवविनोद पोखरलले भाडा दर समायोजनको माग जायज भएको बताउनु भयो । उहाँले निगमको निजीकरण गर्न सहज नभएको र निजीकरण भइहाले पनि निजी क्षेत्रसंग निगम प्रतिस्पर्धा गर्न सक्षम रहेको दावि गर्नु भयो ।
संघका अध्यक्ष राकेशकुमार कसौधन,पेट्रोलियम डिलर्स एशोसिएसनका पुर्व अध्यक्ष राजेन्द्र गुप्ता,वरिष्ठ उपाध्यक्ष हिमाल गैरे, पेट्रोलियम ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार दास,मानार्थ सदस्य शिवप्रसाद घिमिरे,तिर्थराज चटौत,संघका महासचिव भुपराज अर्याल,उपमहासचिव प्रेम घर्तीमगर,दुर्घटना संयोजक श्रवणकुमार गुरुङ,कोषाध्यक्ष धनेन्द्र पौडेल,चालक संघका अध्यक्ष नवराज पाण्डेले नयां ढुवानी भाडा दर कायम गर्न र दुर्घटनापश्चात हुने औषधि उपचार वीमा रकमको सीमा निर्धारण गर्न माग गर्नु भएको छ ।
कशौधनकोे अध्यक्षतामा नयाँ नेतृत्व
मंगलवार नै सम्पन्न नवौं अधिबेशनवाट पुन राकेश कुमार कशौधनकोे अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संघको उपाध्यक्ष श्रवण कुमार गुरुङ्ग(लामा) ,महासचिव भुपराज अर्याल,सह–महासचिव प्रेम बहादुर घर्ति, सचिव खर्क बहादुर पुन, सह–सचिव बिष्णुदत्त पौडेल, कोषाध्यक्ष धनेन्द्र पौडेल, चयन हुनु भएको छ ।त्यस्तै संघको सदस्यमा दिलिप कुमार अग्रहरी, मदनलाल तेली , टिकाराम न्यौपाने, हरी प्रसाद सापकोटा, अनिल जैसवाल,नर बहादुर कुँवर ,सतिशचन्द्र जैशवाल ,सुमित श्रेष्ठ ,सन्तोष खरेल, बिकाश ढुङ्गाना ,अभिषेक भारी ,बृजेन्द्र कु. कशौधन, बलराम उप्रेती, बिरेन्द्र पुन, मोहित कुमार कसौधन, दिलिप कुमार जैसवाल, परमेश्वर कानु वानियां, पुर्ण बहादुर कुँवर र सन्देश कुमार राज भण्डारी रहनु भएको छ । संघको प्रमुख सल्लाहाकारमा चोपनारायण श्रेष्ठ सल्लाहाकारमा पृथ्वीराज भुसाल, दयाशंकर प्र. कशौधन, महेश्वरराज पाण्डे र अजित सिंह चयन हुनु भएको छ












