बर्दघाटमा प्रज्ञा प्रतिष्ठान एक महिना भित्रै गठन हुने

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
असार २९ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बर्दघाट प्रज्ञा प्रतिष्ठान एक महिना भित्रै गठन हुने भएको छ । बर्दघाट साहित्य समाजले  बुधबार २०९ औं भानु जयन्तीको अवसरम आयोजना गरेको साहित्य दर्पणको बिमोचन गर्दै प्रमुख अतिथि एव नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्राज्ञ प्रतिष्ठान मार्फत कला साहित्य क्षेत्रको बिकास गरिने बताउदै उहाले साउन महिना भित्रमा प्राज्ञ प्रतिष्ठान गठन गरिने बताउनु भयो । प्राज्ञ प्रतिस्ठान मार्फत कला र साहित्यको बिकास गर्ने तर्फ नगर गम्भीर भएको बताउदै श्रेष्ठले प्राज्ञ प्रतिष्ठान गठन गर्नेका लागी नगरपालिका अगाडि बढेको बताउनु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथि उपप्रमुख रुद्र प्रकाश उपाध्ययाले साहित्य बाट नै सामाज रूपान्तरण गर्न सकिने बताउदै उहाले साहित्य क्षेत्रको बिकासका लागी प्रज्ञा प्रतिष्ठान गठन गरि प्रतिस्ठानमार्फत नगरलाई साहित्य क्षेत्रमा छुट्टै पहिचान गराउने बताउनु भयो ।


बर्दघाट साहित्य समाजले आज आयोजना गरेको साहित्य दर्पणको दोस्रो अङ्कको बिमोचन र रचना बाचन कार्यक्रम बर्दघाटमा सम्पन्न गरेको छ ।

कार्यक्रममा नवलपरासी साहित्य परिसदका अध्यक्ष श्याम न्यौपाने, लुम्बिनी वाङ्ग्मय प्रतिष्ठितका सहसचिव प्रेम बहादुर भुजेल, समाजका सस्थापक अध्यक्ष दिननाथ पौडेल, साहित्य कर्मी प्रदीप भट्टराई, लक्ष्मी बर्तौला, नारायण बस्याल, तुल्सिराम पाण्डे, शक्ति पौडेल लगायतले रचना बाचन गर्नु भएको थियो । समाजका अध्यक्ष हुमानाथ आचार्यको अध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश न्यौपानेको स्वागत रहेको कार्यक्रमको संचालन सह सचीव नवराज घिमिरेले गर्नु भएको थियो l