हरिश ढकाल
बुटवल ७ पौष
ऐतिहासिक जितगढी किल्लाको छेउमा अवस्थित एवं ऐतिहासिक ब्यक्तिको नामबाट नामाकरण गरिएको बुटवल २ स्थित उजिरसिंह माध्यमिक बिद्यालयको ५५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बिभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका साथ एक हप्तासम्म संचालन गरिएको बार्षिक उत्सव कार्यक्रमको मुल समारोहको उद््घाटन बुटवल उपमहानगरपालीकाका प्रमुख शिवराज सुबेदीले गरे ।
सो अवसरमा बोल्दै नगर प्रमुख सुबेदीले उपमहानगर भित्रका बिद्यालयको शिक्षामा एकरुपता ल्याउने तयारी भैरहेको बताए । सर्बप्रथम सबै बिद्यालयमा शिक्षक तथा बिद्यार्थीहरुको एकैकिसिमका पोसाकको ब्यबस्था गरिने र यसबाट देखिने उचनिच तथा बिभिन्न किसिमका बिभेदको अन्त्य हुने उनले दावी गरे । उनले अर्को बर्षदेखि बिद्यार्थीहरुलाई खाजा र भत्ताको ब्यबस्था समेत गरिने जानकारी गराउँदै प्राबिधिक शिक्षामा जोड दिईने प्रतिबद्धता ब्यक्त गरेका छन ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेशप्रसाद नेपालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बिद्यालयमा लामो समयदेखि सेवारत शिक्षक कर्मचारी, बिद्यालयमा सहयोगी तथा चन्दादाता, अक्षयकोषदाता लगाएतलाई सम्मान गरिएको थियो । साथै गतबर्षको माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा बिद्यार्थीहरु तथा बिभिन्न प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत बितरण गरिएको शिक्षक गौतमलाल शाक्यले बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य मो.महवुव खाँ, अक्षयकोषदाताहरु जगतबहादुर पोखरेल र गोपाल राना, वडा सदस्य खगीसरा राना, रेडक्रसका अध्यक्ष प्रेमलाल उदास, डिएसपि डिलबहादुर मल्ल, बिद्यार्थीहरु सुमित कुमार सुनार, रक्षा नेपाली, शिक्षिकाहरु ङनी गुरुङ्ग, रिता ज्ञवाली, शिक्षकहरु पुर्व सहायक प्रअ मित्रलाल भण्डारी, अभिभावक पदमलाल शाक्य लगाएतले उजिरसिंह माबिले शिक्षा क्षेत्रमा पुराएको योगदान र आगामी दिनमा खेख्नु पर्ने भुमिकाका बारेमा चर्चा गरेका थिए । सो अवसरमा पुर्व शिक्षक छविलाल नेपाल, सहायक प्रअ पदमराज ज्ञवाली, शिक्षकहरु सुहा बहादुर नेपाली, धनकुमार पुन लगाएतलाई सम्मान गरिएको थियो ।













