दीपमा रामायण वाचन प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

असार बुटवल । पुरुषोत्तम पाण्डेय- बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बुधबार रामायाण वाचन प्रतियोगिता सम्पन्न भएको छ ।२०९ आँै भानुजयन्ती तथा गुरुपूर्णिमाको अवसरमा आयोजना गरिएको प्रतियोगितामा विद्यालयमा अध्यापनरत शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा शिक्षिका विमला पन्थीले प्रथम, लक्ष्मी ज्ञवालीले द्वितीय र शान्ता पाण्डेले तृतीय स्थान प्राप्त गर्नुभएको थियो ।विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता र उपप्राचार्य ज्ञानु थापाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य द्वय कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य तथा नेपाली विषय प्रमुख बालकृष्ण पाठकले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो । कार्यक्रममा रेखा आचार्य, सन्दिप बस्याल र विजय सापकोटाले सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको संयोजन बालकृष्ण पाठकले गर्नुभएको थियो ।