जुम्लामा पावर हाउसमा पहिरो जाँदा एकै घरका तीन जनाको ज्यान गयो

प्रकाशित मिति:

काठमाण्डौ ‍ /जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसामा पहिरो जाँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।राति १ बजेतिर पहिरो जाँदा पावर हाउसमा बस्दै आएका तीन जनाको ज्यान गएको हो ।

पावर हावसका चौकीदार गोरखबहादुर राउतकी श्रीमती विमला राउत, ९ वर्षका छोरा भरत र ७ वर्षका अर्का छोरा सूर्यको ज्यान गएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सुतिरहेको बेला पहिरो गएको थियो ।तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । घटनाको थप जानकारी आउन बाँकी छ ।